गाँजा फँडानी गरेर नष्ट गर्दै प्रहरी ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार र शनिबार ५० बिगाहा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, वडा नम्बर ३ को गोठरी, भाटीबेसी र वडा नम्बर ५ को पञ्जनीमा लगाइएको अवैध गाँजा तथा अफिम खेती गरिएको लागूऔषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द बहादुर रानाले जानकारी दिनुभयो ।