Home मुख्य समाचार वन विज्ञान संकायको डीनमा डा. भट्ट पुनःनियुक्त

वन विज्ञान संकायको डीनमा डा. भट्ट पुनःनियुक्त

वन विज्ञान संकाय डीनमा नियुक्त हुनु भई ४ वर्षअघि पहिलो कार्यकाल सम्हाल्दै गर्नुहुँदा प्राध्यापक डा. बलराम कुमार भट्ट । फाइल तस्वीर ।

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन विज्ञान संकाय डीनमा प्राध्यापक डा. बलराम कुमार भट्ट नियुक्त हुनुभएको छ । डा. भट्ट दोस्रो कार्यकालका लागि नियुक्त हुनुभएको हो । पुस ४ गते पहिलो कार्यकाल पूरा गर्नुभएका डा. भट्टलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी परिषद्ले गत शुक्रबार डा. भट्टलाई डीन नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पूण्यप्रसाद रेग्मीले डा. भट्टलाई डीनमा नियुक्त गरेको पत्र पठाउनुभएको छ । हेटौंडा–४ निवासी डा. भट्टले पहिलो कार्यकालमा विश्वविद्यालय क्याम्पसमा स्नातक, स्नात्तकोत्तर तथा विद्यावारिधीको कक्षा सञ्चालन गर्नुका साथै उदयपुरको कटारीमा आंगीक क्याम्पस सञ्चालन गर्नु, नवलपुर जिल्लाको गैंडाकोटस्थित क्याम्पसलाई स्नातक तहको सम्बन्धन दिने कार्य उल्लेखनीय भएको बताउनुभएको छ ।

यस्तै विवाद र अवरोधका बाबजुद पनि हेटौंडास्थित डीन कार्यालय परिसरमै विश्वविद्यालय क्याम्पसको ५ तल्ले शैक्षिक भवन निर्माण गर्ने, विश्वविद्यालय क्याम्पसका लागि प्रयोगशाला र पुस्तकालय निर्माणको कार्य पूरा हुनुलाई डा. भट्टले महत्वपूर्ण उपलब्धीको रुपमा लिनुभएको छ ।

Exit mobile version