Home अर्थ/व्यापार शिक्षक हीतको ११ औं वार्षिक साधारणसभा सम्पन्न

शिक्षक हीतको ११ औं वार्षिक साधारणसभा सम्पन्न

असल कारोबार गर्ने नानीमाया थोकरलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलले पुरस्कृत गर्नुहुँदै ।

हेटौंडाः शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको प्रमूख आतिथ्यमा भएको भेलामा सहकारीका अध्यक्ष सिताराम दाहालको अध्यक्षता रहेको थियो ।

साधारणसभामा कोषाध्यक्ष रामजी प्रसाद हुमागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । छ सय ३६ जना सेयर सदस्य रहेको सहकारीले सेयर पुँजी २८ लाख ३३ हजार रुपैयाँ पुगेको कोषाध्यक्ष हुमागाईले जानकारी दिनुभएको छ । सहकारीले बचत संकलन एक करोड १६ लाख ३८ हजार रुपैयाँ, ऋण लगानी एक रोड छ लाख ९८ हजार रुपैयाँ पुगेको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ताका रुपमा केशवराज सुवेदी तथा असल कारोबार गर्ने नानीमाया थोकर पुरस्कृत हुनुभएको छ । सहकारीले ज्येष्ठ नागरिक ईश्वरी कुमारी अर्याल र बलराम न्यौपाने सम्मान गरेको छ । कोभिड १९ का कारण पुस १० गतेबाट शुरु भएको साधारणसभा शनिबार समापन भएकोे हो ।

साधारणसभामा प्रमुख अतिथि पद्मा पौडेलले सहकारी शिक्षकको हीतमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले अहिले देश राजनीतिक संकटमा भएपनि शिक्षकहरु भ्रममा नपरी अगाडि बढ्न आग्रह गर्नुभयो । भेलामा संगठन उपाध्यक्ष लक्ष्मी गजुरेल, बागमती प्रदेश सचिवालय सदस्य मोहनप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Exit mobile version