Home मुख्य समाचार उखु किसान यादवको परिवारलाई क्षतिपूर्ति माग गर्दै हेटौंडामा दीप प्रज्ज्वलन

उखु किसान यादवको परिवारलाई क्षतिपूर्ति माग गर्दै हेटौंडामा दीप प्रज्ज्वलन

हेटौंडाः भुक्तानीको माग गर्दै काठमाडौंमा आन्दोलन गर्न पुगेका सर्लाहीका उखु किसान नारायण भगत यादवको निधनप्रति दुःख व्यक्त गर्दै यादवको परिवारलाई क्षतिपूर्तिको मागसहित हेटौंडामा दीप प्रज्ज्वलन गरिएको छ । स्वतन्त्र नागरिक अभियानको पहलमा बिहीबार साँझ हेटौंडा–८, कमानेको नीमचोकमा दीप प्रज्ज्वलन गरिएको हो ।

सर्लाहीका उखु किसान यादवको गत मंगलबार बिहान काठमाडौंमा मृत्यु भएको हो । विवेकशील साझा दलकी नेतृ समेत रहनुभएकी प्रतिभा डंगोलको अगुवाईमा दीप प्रज्ज्वलन गरिएको हो । किसानको हितमा सरकारलाई काम गर्न दबाव दिने र दुखद् घटनाप्रति शोक व्यक्त गर्दै सरकारलाई दबाव समेत दिन दीप प्रज्ज्वलन गरिएको डंगोलको भनाइ छ ।

Exit mobile version