Home मुख्य समाचार पत्रकार विष्टले गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने

पत्रकार विष्टले गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने

पत्रकार प्रताप विष्टले गरिब तथा जेहेन्दार विद्यार्थी अझ चेपाङ वा वनकरिया समुदायको विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने ।

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सदस्य प्रताप विष्टले सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी को अभिभाकत्व ग्रहण गर्ने बताउनुभएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी अझ चेपाङ वा वनकरिया समुदायको विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने बताउनुभएको हो ।

सोमबार रेडक्रस मकवानपुर हेटौंडा उपमशाखा अन्तर्गत गठित युवा रेडक्रस सोसाइटीले सिद्धार्थ माध्यमिक विद्यालयका ७५ जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई जाडोमा न्यानोका लागि ७५ थान स्वेटर वितरण गरिएको रेडक्रस मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोलाले जानकारी दिनुभयो । युवा रेडक्रम सर्कर मकवानुरका अध्यक्ष हिक्मत श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रम नेपालका केन्द्रिय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईँ, प्रधानाध्यापक मोहन शर्मा लगायतको उपस्थिति रहेको थियो । सिद्धार्थ माध्यमिक विद्यालयले १ सय विद्यार्थीलाई अभिभाकत्व ग्रहण गर्न लक्ष्य लिएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अभिभाकत्व ग्रहण गर्नको लागि विद्यालयले यो अभियान संचालन गरेको हो ।

Exit mobile version