Home मुख्य समाचार ५ जनामा कोरोना भाइरस संक्रमण

५ जनामा कोरोना भाइरस संक्रमण

हेटौंडाः मकवानपुर जिल्लाका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार संकलित २९ जनाको स्वाब नमुना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Exit mobile version