Home कला परजीविको यात्रा

परजीविको यात्रा

स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

जीव रोदनमा मलामीको यात्रा हुन्छ
भु्रण प्रवेशमा गतिको यात्रा हुन्छ
जन्मिदा अनि मर्दा दुवैमा हुन्छ
यात्रा हो फेरी बर्यातिमा हुन्छ ।।

विवेक हितको यात्रा औचित्य हिन हुन्छ
इष्र्या घमण्डको यात्रा संकोचपूर्ण हुन्छ
चरित्रवानको पताल स्वर्गमा पनि हुन्छ ।।

यात्र देव दैत्य दुवैको निरन्तर हुन्छ ।
ज्ञान र विज्ञानले सपना बोकेको हुन्छ
विष अमृत साहित्य कलाले छुट्याउँछ
मानवले यात्रा निरन्तर गर्नुपर्छ ।।

प्रगति भेटी संजीवनी समाउँनुपर्छ
काल—अकालमा आत्माको यात्रा हुन्छ
सहि बाटो हिँडि परलोक पुग्नुपर्छ
यात्रामा परजिवीलेनी शरीर त्याग्नुपर्छ ।।

यात्रा सकिएपछि पुनरजन्म हुन्छ
मृत्यु तेही हो परजिवी अन्यौलमा नै छ
उसले आफूलाई अमर सम्झिन्छ
मृत्यु नै पुनरजन्म हो देह त्याग्नै पर्छ ।।

Exit mobile version