Home मुख्य समाचार स्काउटको ‘एसएमएस’ अभियान शुभारम्भ

स्काउटको ‘एसएमएस’ अभियान शुभारम्भ

हेटौंडाः नेपाल स्काउट बाग्मती प्रदेशको आयोजनामा हेटौंडा ओपन स्काउट क्रयू मकवानपुरले ‘एसएमएस’ (सामाजिक दुरी, मास्क, हातको सफाई) अभियानको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शुभारम्भ गर्नुभएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, हिसान तथा यूनिसेफ नेपालसँगको सहकार्यमा नेपाल स्काउटले ७ वटै प्रदेशमा ६ महिने एसएमए अभियान सञ्चालन गर्ने क्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा अभियान सुरु गरिएको हो ।

३ चरणमा सञ्चालन हुने अभियानअन्तर्गत् पहिलो चरणमा कोरोना महामारीबाट आफू सुरक्षित हुन सही तरिकाले मास्क लगाउने र लगाउन सिकाउने, सामाजिक दुरी कायम गर्ने र समय–समयमा स्यानिटाइजर प्रयोग गरी सुरक्षित हुने कार्यक्रम गरिनेछ । अभियानको दोस्रो चरणमा पर्चा पम्प्लेट तथा जिंगलबाट कोरोना महामारीबारे जनचेतना जगाउने र ब्यवहार परिवर्तन गराउन सहयोग गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै, तेस्रो चरणमा उच्च जोखिममा रहेका रोगी, अपाड्डता भएका व्यक्ति, बृद्घबृद्घा, बालबालिकालाई समेटेर एसएमएसको महत्व र प्रभावकारिताबारे छलफल गर्ने र त्यसको उपयोगिताबारे सचेतना जगाउँदै कार्यक्रम समापन गरिनेछ ।

बजारको मुख्य व्यापारिक केन्द्र, बसपार्क क्षेत्र, पसलजस्ता मानिसहरुको घुइँचो बढी हुने र कोरोना संक्रमणको जोखिम बढी स्थानमा मकवानपुरका २० जना रोभर रेन्जर र स्काउट लिडरहरु दैनिकरुपमा खटिएर अभियान सञ्चालन गरिने रोभर लिडर अशोक सारु मगरले जानकारी दिनुभयो ।

Exit mobile version