हेटौंडाः झरना सहित्यिक परिवारको २५९ औं नियमित साहित्य शृंखला “३ पुस्ताका ६ कवि र कविता” का रूपमा संस्थाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको छ । कार्यक्रममा अग्रज पुस्ताबाट हयग्रीव आचार्य र मुना अर्याल, युवा पुस्ताबाट बिर्खे अञ्जान र भावना सापकोटा, बाल पुस्ताबाट समर्पण न्यौपाने र स्वस्तिका दाहालले २/२ वटा रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि आर.आर. चौलागाईले तीन वटै पुस्तालाई जोडेर कार्यक्रम गर्दा नयाँ पुस्ताले पनि अग्रजको रचनाबाट सिक्ने अवसर पाउने बताउनुभयो । कार्यक्रममा झरनाका सल्लाहकार रमेशमोहन अधिकारी, जनाद्र्धन खनाल, नुवाकोटबाट सुमित्रा सुमी, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, प्रलेस नेपालका केन्द्रीय पार्षद सुवास खनाल, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष विष्णुप्रसाद गौतम, साहित्य संगम मकवानपुरका सचिव डिबी बर्ताैला, काभ्रेबाट रचना मोक्तान यात्री, इजरायलबाट श्रीराम अधिकारी लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव मसान उपासकले गरेका थिए । झरनाले हरेक महिना नियमित साहित्य शृंखलाका क्रममा विशेष कार्यक्रम गर्दै आएको छ ।