हेटौंडाः मकवानपुरमा आज ५ जनामा कोरोना पुष्टि भएको छ । आज साँझ हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उमहानगर क्षेत्रका ३ जना र मनहरी गाउँपालिकाका २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

आज ३ जना महिला र २ पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।