Home अर्थ/व्यापार प्रदेशमा ४ महिनामा ४ हजार बढी उद्योग दर्ता

प्रदेशमा ४ महिनामा ४ हजार बढी उद्योग दर्ता

फाइल तस्बिरः पर्यटन सम्बन्धी छलफल गर्नुहुँदे उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल

हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म ४ हजार २ सय ४८ वटा उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म मन्त्रालयमा १ हजार ५ सय ६८ वाणिज्य र २ सय ६३ वटा पर्यटन व्यवसाय दर्ता भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार एक सय २० जनालाई रोजगारीको सिर्जना हुने जानकारी दिएको छ । दर्ता भएका उद्योग, वाणिज्य तथा पर्यटन व्यवसायबाट प्रत्यक्षरुपमा ठूलो संख्यामा रोजगारी सिर्जना भएको मन्त्री नेपालले बताउनुभयो ।
पहिलो चौमासिक अवधिमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ करोड २ लाख प्रदेश सरकारको सञ्चित कोषमा राजश्व दाखिला गरेको छ ।

यस्तै कोभिड(१९ को समयमा प्रदेश सरकारले २४ लाख ७७ हजार रुपैयाू उद्योग,पर्यटन व्यवसायलाई छुट दिएको उहाूले जानकारी दिनुभयो । मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ३९ पटक गरेर ९ सय ४७ व्यापारिक फर्मको अनुगमन गरेको जनाएको छ । यस्तै १ सय ६३ उद्योगमा अनुगमन गरेर ९ लाख असुल भएको तथा ५९ फर्मलाई कारबाही तथा ५ लाखको सामग्रीको म्याद गुज्रेको सामान जफत भएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो ।

मन्त्रालयले बहुवर्षीय योजनाको रुपमा ६ वटा हिलस्टेशन र ७ वटा नमूना पर्यटन गन्तव्यको पूर्वाधार निर्माण अन्तिम चरणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षमा सो पूर्वाधारको काम सकिएर उद्घाटन हुने बताइएको छ । मन्त्रायले वनतर्फ पहिलो चौमासिक अवधिमा ५७ वटा वन मुद्दा दायर भई ८३ जना आरोपी पक्राउ परेको जनाएको छ । यस्तै ८६ वटा टूक, जिप तथा एक्साभेटरलाई नियन्त्रणमा लिएर जरिवाना गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ९ लाख घनफिट काठ सुरक्षित मौज्दात राखेर एक लाख ४ हजार घनफिट बजारमा बिक्रीसमेत गरको छ ।

यस्तै, चालु आर्थिक वर्षमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्रालयले २ जना युवाहरुलाई ३ देखि ६ महिनाको तालिम दिनको लागि छनौट गरेको छ भने प्रदेशका एक हजार एक सय ३२ उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ । यस्तै प्रदेशमा तीनवटा उद्योगग्रामको बोलपत्र आह्वान गरिएका छ भने १० वटा उद्योगग्रामको वातावरणीय प्रतिवेदन पनि तयार पारेको छ । पर्यटनको क्षेत्रम ६१ वटा नयाू पर्यटन पूर्वाधार निर्माण सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Exit mobile version