साईकलको उपादेयता र महत्व बुझ्दै जाँदा यसलाई कसरी आम जनमानसको पहुँच र उपयोगितामा ल्याउने हो भनी हामी साईकलप्रेमीहरुले धेरै सोच विचार गरिसकेपछि अन्तमा जेसीजको माध्यमबाट अगाडि बढ्ने निधो गर्यौं । जेसीज नै किन ? भन्ने प्रश्नमा हामीले धेरै विचार विमर्श भयोे । अन्तमा सबैले एकै स्वरले जेसीजलाई नै छनौट गर्ने निर्णय गरियो । नयाँ वर्षको शुुभकामना र्याली मर्निङ हेल्थ क्लबसँग सहकार्य गर्दै आइरहेको हुँदा जेसीजको सहभागितामा नयाँ स्वरुप प्रदान गर्दै साईकल जात्रा गर्ने हामी सबैको सहमति भए अनूरुप साईकल जात्राको आयोजना गर्यौं । हेटौंडाको साईकलको विकासमा थप कोशेढुंगा सावित हुन पुुग्यो ।
नयाँ वर्षको साईकल र्यालीको लगत्तै साईकल जात्राले साईकलप्रेमीहरुको हौसला र उत्साहमा थप उर्जा प्रदान गर्यो । साँच्चै भन्ने हो भने यसले साईकिलिष्टहरुलाई अझै उत्साह र हौसला प्रदान गरेको थियो । यसरी नै हेटौंडा जेसीजले त्यसपछि यस कार्यक्रमलाई निरन्तरता दिँदै मनकामना अपहिल साईकल प्रतियोगिता स्थानीय स्तरमा सञ्चालन गर्दै आइरहेको थियो । साईकल जात्रा, स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन गर्दै आइरहँदा हेटौंडामा साईकलप्रेमी तथा प्रतियोगीहरुमा हौसला र उत्साह बढाउँदै आइरहेको महसुस भइरहेको थियो । मकवानपुर र हेटौंडाको साईकलको विकासमा हेटौंडा जेसीजका साथै बसामाडी जेसीज, पालुङ जेसीज, हेटौंडा लेडी जेसीजको महत्वपूर्ण भूमिका रहेको छ ।
जेसीजका पदाधिकारीहरुको सहयोग, सदभाव र हौसलाले अहिले मकवानपुरे साईकिलिष्ट र हेटौंडाली साईकिलिष्टको मनोभाव र हौसला उच्च रहेको छ । पर्यावरण, वातावरण र स्वस्थ जीवनका साथै पर्यटन प्रवद्र्धनका लागि मकवानपुर साईकिलिङ संघले आफ्नो विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसको साथ साथै हेटौंडा राइडर्स क्लबले पनि आफ्नो कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसमा जेसीजहरुको महत्वपूर्ण सहभागिता रहँदै आइरहेको छ ।
२०७२ सालदेखि २०७७ सालसम्म आइपुुग्दा हेटौंडा जेसीजले स्थानीयस्तरको कार्यक्रम सँगसँगै राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न गइरहेको सन्दर्भमा यसलाई मकवानपुर, हेटौंडाको मात्र नभई राष्ट्रियस्तरमा नै साईकल, वातावरण र पर्यटनमा ठूलो टेवा पुुग्नेमा दुुइमत छैन । हालै मात्र सम्पन्न साउथ एशियन खेलमा नेपालले साईकल विधामा स्वर्ण पदम जितेर नेपालको मनोवललाई उच्च बनाएको छ । यसको साथ साथै यस खेललाई व्यवस्थापन र सही ढंगले प्रशिक्षण र प्रवद्र्धन गर्ने हो भने अन्तर्राष्ट्रिय पदक जित्न सकिने सम्भावना देखिएको छ, यसमा संघीय सरकार, स्थानीय सरकार र सामाजिक संस्थाहरुको साथ र सहयोगको निरन्तरता देखिन आउँछ ।
महिला सशक्तीकरण र विकासमा महिलाको सहभागिताले देशको समृद्धिमा महिलाको ठूलो भूमिका रहन्छ । यसै सन्दर्भमा हेटौंडा जेसीजले गर्न गइरहेको हेटौंडा अपहिल महिला च्यालेन्ज प्रतियोगिताले थप उर्जा प्रदान गरेको छ । यसको साथ साथै महिला प्रतियोगीहरुमा थप हौसला प्रदान गरेको छ । हेटौंडा जेसीजले मात्र नभएर यस्तै अन्य सामाजिक संस्थाहरुले पनि महिला सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरेको खण्डमा महिला सशक्तीकरण र विकासमा महिलाको सहभागिताको महत्व अझै बढ्दै जाने विकास लिएका छौं । नेपालको संविधान र सम्बन्धित निकायहरुमा महिलाको सहभागिताका लागि महत्वपूर्ण भूमिका रहेको र यसले निर्णयस्तर र विकासमा दूरगामी असर प्रष्ट देखिँदै आएको छ । अन्तमा हेटौंडा जेसीज र जेसीजका सम्पूर्ण पदाधिकारीलाई हृदयदेखि नै साधुवाद व्यक्त गर्न चाहन्छु । जय साईकिल, जय जेसीज ।