हेटौंडाः मकवानपुरमा शुक्रबार १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार ५ महिला र १० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्ला घर भई हाल मकवानपुर जिल्लामै बस्दै आएका १ जना छन् । शुक्रबार बिहान संकलन गरिएको ४५ जनाको स्वाब नमुना परीक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।