हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र वडा नम्बर १२ जोड्ने राप्ति खोला पुलको आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ । शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले ११ नम्बर वडा र वडा नम्बर १२ जोड्ने राप्ति खोला पुलको योजना पन्चायतकाल देखि भएको र हालसम्मपनि यसले पुर्णता नपाएको भन्दै प्रदेशको लगानीमा बन्न लागेको जानकारी दिनुभयो ।
पुल निर्माण पश्चात स्थानीय उत्पादन बजार ढुवानि गर्न सहयोग हुने, आबजजावत गर्नलाई पनि सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । बागमती प्रदेशको २६ करोड ४१ लाख ८७ हजार २ सय रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई २१५ मिटर रहेको छ । ११ मिटर चौडाइ रहेको छ । कार्यक्रमममा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालको पनि उपस्थिति रहेको थियो ।