हेटौंडाः मकवानपुरगढी गाउँपालिका न्यायिक समितिको आयोजनामा कानुनी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा व्यक्तिगत घटना (जन्म, मृत्यु, विबाह, बसाईसराइँ, सम्बन्धविच्छेद) दर्ता, नागरिकता, सामाजिक सुरक्षा तथा अन्य सिफारिससम्बन्धमा परेका विविध समस्याको बारेमा छलफल भएको छ । कार्यक्रममा दिगो विकासका अवधारणाहरु, महिला हिंसा, न्यायिक समितिको क्षेत्राधिकारलगायत विषयहरुमा जनप्रतिनिधिहरुले आफ्नो भनाई राख्नुभएको मकवानपुरगढी गाउँपालिकाका न्यायिक समितिको सदस्य अधिवक्ता रामशरण लामिछानेले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवती पुडासैनीको प्रमुख अतिथ्यता थियो । त्यसैगरी कार्यक्रममा मकवानपुर जिल्ला अदालतबाट जिल्ला न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ, कमलराज बिस्ट, मनोज श्रेष्ठ, सीता शर्मा अधिकारी, श्रेस्तेदार तीर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका अध्यक्षहरु र वडा सचिवहरुको अतिथ्यता रहेको अधिवक्ता लामिछानेले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधिहरुले प्रशासनिक तथा न्यायिक कार्यसम्पादनमा परेका समस्याबारे जिज्ञासा राख्नुभएको थियो । जनप्रतिनिधिहरुबाट आएका जिज्ञासाहरुलाई जिल्ला अदालत मकवानपुरका न्यायाधीसहरुले सहजीकरण गर्नुभएको अधिवक्ता लामिछानेले बताउनुभयो ।