हेटौंडाः मकवानपुरका २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १३ महिला र १० पुरुषसहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरक्षेत्रका १३ जना, मनहरी गाउँपालिकाका ८ जना, बागमती गाउँपालिकाका १ जना र चितवन जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका १ जना गरी कुल २३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार संकलित ५१ जनाको स्वाब परीक्षण गर्दा मकवानपुरमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।