Home मुख्य समाचार बस्तीपुरको खानेपानी आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

बस्तीपुरको खानेपानी आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

हेटौंडा उपमहनगरपालिका वडा नम्बर १९ बस्तीपुरमा बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित खानेपानी आयोजना आज एक कार्यक्रमका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण ।

हेटौंडाः हेटौंडा उपमहनगरपालिका वडा नम्बर १९ बस्तीपुरमा बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित खानेपानी आयोजना आज एक कार्यक्रमका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बस्तीपुर खानेपानी आयोजना समितिका अध्यक्ष विर बहादुर थोकरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबाहादुर महतको उपस्थितिमा बोर्डका अध्यक्ष प्रताप बिष्टलाई आज हस्तान्तरण गर्नु गर्नुभएको हो ।

बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सञ्चालन भएको खानेपानी सेवा प्रणालीको व्यवस्थापनको पुर्ण जिम्मेवारी आजबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । समिति मार्फत अहिले ४५० वटा धारामा खानेपानी वितरण भइरहेको छ । यसबाट बस्तीपुरको मुख्यबजार, क्याम्पाडाँडा, मौवाटार, जागरणटोल, मिलनटोल, लोकतान्त्रिकटोल, प्रगातिशिल, कुनाटोल, तिनताप्के लगायत स्थानका ५ हजार जनसंख्या लाभान्तिव भएका छन् ।

यस्तै आजै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोही स्थानमा बागमति प्रदेश सरकार र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुने सम्मवेलको शिलान्याश गर्नुभएको छ । सम्मवेल निर्माण सम्पन्न भएपछि हेटौंडा–१९ बस्तीपुरमा पर्याप्त मात्रामा खानेपानी उत्पादन गरी वितरण गर्ने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको योजना छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बागमति प्रदेश सरकार र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुने सम्मवेलको शिलान्याश गर्नुहुँदै ।

कार्यक्रममा हेटौंडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदी, खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ का डिभिजन इन्जिनियर बाल मुकुन्द श्रेष्ठ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख सुदर्शन ढकाललगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version