Home मुख्य समाचार मकवानपुर प्रहरी प्रमुखलाई मानव अधिकार मञ्चको ज्ञापनपत्र, बालिकाको हत्यारालाई कारवाही गर्न माग

मकवानपुर प्रहरी प्रमुखलाई मानव अधिकार मञ्चको ज्ञापनपत्र, बालिकाको हत्यारालाई कारवाही गर्न माग

प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाइँदै ।

हेटौंडाः अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको दिन शुक्रबार मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । बिहीबार मकवानपुरको बागमती गाउँपालिका–७ मा बलात्कारपछि ढुङ्गाले किचेर ४ वर्षीया बालिकाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अधिकारवादीहरुको एक समूहले प्रहरीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रहरीले घटनामा संलग्न १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोरलाई प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ । ज्ञापनपत्र बुझ्नुहुँदै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले प्रहरीले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पक्राउ परेका किशोरले अपराध गरेको स्वीकारिसकेको जानकारी गराउनुहुँदै प्रहरी प्रमुख राठौरले नागरिक समाजको तर्फबाट खबरदारीलाई सकारात्मक रुपमा लिई अपराधीलाई कानुनसम्मत सजाय दिलाउन प्रहरीले आवश्यक जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ ।

Exit mobile version