साङ्केतिक तस्बिर

हेटौंडाः हेटौंडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयको ४ कोठे विद्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६८ लाख ८७ हजार रुपैयाँ लागतमा निर्माण हुने विद्यालय भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठक, १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँको उपस्थिति रहेको थियो । विद्यालय भवन २०७८ साल जेठ ३१ गतेसम्ममा निर्माण गरिसक्नुपर्ने विद्यालय प्रधानाध्यापक कुमार अधिकारीले जानकारी दिनुभएको छ । कमला आधारभूत विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुने गरेको छ ।