Home कला बलात्कारको सिकार

बलात्कारको सिकार

राशिका महर्जन कक्षा ८ नवोदय शिशु सदन

छोटो लुगा लगाउन
मनाही गरीदियौ
आमा तिमीले
दानवबाट बचाउन के मात्र
गरिनौ र तिमीले
मेहेनत गर्ने गर्थेंँ
हजुरको सपनाकै आँखैमा बोकी
ठूलो मान्छे बनी

हजुरको मान उच्च राख्नु भन्ने गर्थेंँ
समाजको नराम्रो आँखा म मानै देखेँ
कसलाई थाहा छ मैले कति पीडा खेपें
मद्दतको चिच्याउन खोज्दा
पिट्न थालेँ मलाई
आँखाबाट आँसु र
मुखबाट पीडाका शब्द आएपनि
केही फरक परेन तिनलाई

मेरा सपनाका कोमल पखेटालाई
उजाड्न थोरै समयमात्र लाग्यो
आफूले आफूलाई ऐनामा हेर्दा
लाजले मुटु छेडेर आयो
न्यायका लागि बोल्न सक्दै सकिनँ मैले
भगवान मैले के गरेर
यस्तो पीडा दिइस् तैले

सरकार त हातमा हात राखेर बसे
न्याय दिन त कोसिस गर्ने छोडे
अब भनेचाहिँ सरकारको आँखा त
तब खुल्छ जब तिनीहरूको चेलीसँग
पनि यस्तै व्यवहार हुन्छ ॥

   
Exit mobile version