Home कला गजल

गजल

हरि दाहाल, मकवानपुरगढी- ३

सिरमा रातो सिन्दुर किन नलाएको आमा ११
बाले दिएको सारी किन जलाएको आमा ११

म सानै छु बाँझो बारी खन्ने मान्छे छैनन्
किन घरका छानामा घाँस पलाएको आमा ११

तिम्रा मित्र ठूला मान्छे छन् रे भन्थे
साथी बर्बरताको बुट कसले चलाएको आमा ११

कता खोज्यौ आस्थामा कि पराधिनमा खोज्यौ
को को मिली हामीलाई गलाएको आमा ११

म काख, मै हो ? बाबा मेरा हराएको बेला
सत्य बोल्नु किन मलाई छलाएको आमा ११

Exit mobile version