Home अन्तरवार्ता रेडियो निकास संवादमा साहित्य सङ्गम मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मा

रेडियो निकास संवादमा साहित्य सङ्गम मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मा

नवराज शर्मा

हेटौंडाः शनिबार साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्या सञ्चालनको ३०० औं श्रृङ्खला आयोजना हुँदैछ ।

पञ्चायतकालमा तत्कालिन सत्ताविरुद्ध नागरिकलाई जागरुक गराउन साहित्य सङ्गम मकवानपुरको स्थापना गरी नियमित साहित्य सन्ध्याको आयोजना गर्ने गरिएको साहित्य सङ्गम मकवानपुरका संस्थापक नवराज शर्मा बताउनुहुन्छ । साहित्य सङ्गमलाई तत्कालिन निर्दलीय व्यवस्थाविरुद्ध नागरिकलाई जागरुक बनाउन साहित्यको माध्यमलाई आत्मसाथ गर्ने मञ्चको रुपमा स्थापित गर्ने प्रयास गरिएको थियो ।

साहित्य सङ्गमको संस्थापक हुँदै अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएका नवराज शर्मा मकवानपुरका नागरिकलाई जागरुक गराउन साहित्य सङ्गम मकवानपुरको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुहुन्छ । नियमित साहित्य सन्ध्याकै सन्दर्भमा सङ्गमका संस्थापक एवम् पूर्व अध्यक्ष नवराज शर्मासँग गरिएको कुराकानी शनिबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र शनिबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ ।

रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version