Home मुख्य समाचार कैदिबन्दीलाई निशूल्क अंग्रेजी शिक्षा

कैदिबन्दीलाई निशूल्क अंग्रेजी शिक्षा

हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित कारागारका कैदिबन्दीलाई निशूल्क अंग्रेजी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । लियो क्लब अफ हेटौंडा भुटनदेवी र लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियलले शैक्षिक सामग्री हस्तान्तरण तथा निशूल्क अंग्रेजी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको लियो क्लब अफ हेटौंडा भुटनदेवीका सदस्य तथा कार्यक्रम संयोजक गोपिकृष्ण दुलालले जानकारी दिनु भयो ।

२ वटा ब्लकमा गरी करिब ७० जना कैदिबन्दीहरुलाई निशूल्क अंग्रेजी शिक्षा सुरु गरिएको छ । यस्तै क्लबले कारागार कार्यालय भीमफेदीका प्रमुख मदन लामालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सोमबार भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल रिजन १५ का रिजन चेयरपर्सन किशोर टण्डनको विशिष्ट आतिथ्य रहेको थियो । गाउँपालिकाका अध्यक्ष लामाले लियो लायन्सको सेवा गाउँ केन्द्रित भएकोमा खुुशी व्यक्त गर्नुभयो । लियो क्लब अफ हेटौंडा भुटनदेवीका अध्यक्ष मनोज चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी–५ का वडा अध्यक्ष जहार सिंह लामा, लायन्स क्लब अफ भुटनदेवी सेन्टिनियलका अध्यक्ष मिनु अग्रवाल, भीमफेदी गाउँपालिकाका शाखा अधिकृत बद्री सापकोटालगायतको आतिथ्य रहेको थियो

Exit mobile version