मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः कोरोना भाइरस सङ्क्रमणमुक्त हुनुभएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना (कोभिड–१९) को पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौंमा भर्ना हुनुभएको थियो । शनिबार गरिएको पुनः परीक्षणमा उहाँको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।