हेटौंडाः मकवानपुर उद्योग वाणिज्य सङ्घले मङ्गलबार ६० जनालाई खाद्यान्न सहयोग गरेको छ । वडा दशैंको समयमा विपन्न परिवारलाई लक्षित गरी सङ्घले घटस्थापनाको दिनदेखि खाद्यान्न वितरण गर्न सुरु गरेको हो । चौथो दिन मङ्गलबार ६० जनालाई खाद्यान्न वितरण गरिएको सङ्घले जनाएको छ ।

सङ्घको पल्पसा परिसरबाट खाद्यान्न वितरण गरिएको हो । सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा सङ्घका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको राहत वितरण कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताप सिं लामा, वडा सदस्यहरु साधना श्रेष्ठ, धर्म बस्नेत र उमा सुनारको आतिथ्य रहेको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष तथा राहत वितरण कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता, महासचिव प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य कुल प्रसाद चौलागाईलगायतको सहमागिता रहेको थियो ।