Home मुख्य समाचार २५० रुपैयाँ घुस रकमसहित प्रहरी हबल्दार पक्राउ

२५० रुपैयाँ घुस रकमसहित प्रहरी हबल्दार पक्राउ

सांकेतिक तस्विर ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले घुस रकमसहित १ जना प्रहरी हबल्दारलाई नियन्त्रणमा लिएको छ । शुक्रबार हेटौंडा–९ स्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत प्रहरी हबल्दार देवीलाल ठाकुरलाई दुई सय ५० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आन्तरिक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक्सन लिएको प्रहरी प्रवक्ता रानाको भनाइ छ । सार्वजनिक सवारीलाई सहजीकरण गरिदिने भन्दै प्रहरी हबल्दारले दुई सय ५० रुपैयाँ घुस लिएका थिए । ठाकुरलाई निलम्बन गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रानाले बताउनुभयो । उनीमाथि विभागीय कारबाही हुने छ ।

Exit mobile version