Home मुख्य समाचार उच्च अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा सुशील पोखरेल

उच्च अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा सुशील पोखरेल


हेटौंडाः उच्च अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अधिवक्ता सुशील कुमार पोखरेल निवार्चित हुनुभएको छ । प्रगतिशील कानुन व्यवसायीबाट एक मात्र उम्मेदवार बन्नुभएका पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो । भोली शनिबारको लागि निर्वाचन मिति घोषणा भएपनि प्रजातान्त्रिक कानुन व्यवसायीको तर्फबाट कुनै पनि उम्मेदवारी नपरेका कारण निर्विरोध रुपमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत दिनेश कुमार रेग्मीले बताउनुभयो ।

अधिवक्ता सुशील कुमार पोखरेलको अध्यक्षतामा बनेको नयाँ समितिको उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा अरुणकुमार खतिवडा, सह–सचिवमा मुना मानान्धर, कोषाअध्यक्षमा प्रमिला केसी निर्वाचित हुनुभएको छ । यस्तै केन्द्रिय पार्षदमा हरिप्रसाद भट्ट, मीनबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी महिला सदस्यमा ज्योति घिमिरे, सदस्यमा श्रीराम दाहाल, सुजन तिमल्सिना, कृष्णप्रसाद खतिवडा, निरज मैनाली, ज्ञानेश्वर फुयाल्, एकनारायण शर्मा, सञ्जीव पराजुली निर्वाचिन हुनुभएको हो । उच्च अदालत बार एशोसिएसन हेटौंडाको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीले नेपाल बार एशोसिएसनको विधान अनुसार सदस्यता प्रदान नभएको भन्दै निर्वाचनमा भाग नलिएको जनाएको छ ।

Exit mobile version