हेटौंडाः हेटौंडाबाट आज २२८ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । आज बिहान हेटौंडा–१०, स्थित गोरक्षेश्वर आइसोलेसनबाट १४९ पुरुष र ७९ महिलाको स्वाब नमूना सङ्कलन भएको हो ।

जसमध्ये १३ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षणको लागि स्वाब सङ्कलन भएको छ । सङ्कलित स्वाबको नमूना हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालमा कोरोना परीक्षण गर्न पठाइएको आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताउनुभयो ।