Home मुख्य समाचार रुम्बाको अध्यक्षतामा १४ नम्बर वडामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन

रुम्बाको अध्यक्षतामा १४ नम्बर वडामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन


हेटौंडाः हेटौंडा–१४ मा मदन भण्डारी स्पोर्टस् एकेडेमीको वडा कमिटी गठन भएको छ । आज भएको भेलाले सुरेश रुम्बको अध्यक्षतामा १४ नम्बर मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन भएको हो । सचिवमा सिद्धान्त सापकोटा, कोषाध्यक्षमा निशा गुरुङसहित २१ सदस्यीय कमिटी निर्माण भएको मदन भण्डारी स्पोर्टस् एकेडेमी हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष सबिन लामाले बताउनुभयो ।

उपाध्यक्ष र सह सचिव भने अब हुने बैठकबाट चयन हुने उहाँले बताउनुभयो । मदन भण्डारी स्पोर्टस् एकेडेमी हेटोंडा उपमहानगर कमिटीको आयोजनामा भएको कार्यक्रममा मदन भण्डारी फाउन्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रमममा हेटौंडा–१४ का वडाअध्यक्ष दिपक खड्का, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा लगायतको उपस्थिति रहेको थियो ।

यसअघि मदन भण्डारी स्पोर्टस् एकेडेमीले हेटौंडा–५, ६ र १० नम्बर वडामा कमिटी गठन गरिसकेको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा वडा कमिटी निर्माण गर्ने अभियान अन्तर्गत हरेक वडामा कमिटी निर्माण भइरहेको नगर अध्यक्ष लामाले जानकारी दिनुभयो ।

Exit mobile version