हेटौंडाः हेटौंडा–११ का समित नेपाल र हेटौंडा–१० की श्रेया दलीको जन्मदिनको अवसरमा परिवारका सदस्यले मामाघर नेपाललाई सहयोग गरेको छ । सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनस्र्थापनाको कार्य गर्दै आएको मामाघर नेपाललाई जन्मदिनको अवसरमा सहयोग गरिएको हो ।
हेटौंडा–११ का एक वर्षीय समित नेपालका बुबा मनोज नेपाल र आमा शोभा नेपालले छोराको जन्मदिनको अवसरमा मामाघर नेपालमै पुगेर नगद एघार हजार एक सय १५ रुपैयाँँ सहयोग गर्नुभएको मामाघर नेपालले जनाएको छ ।
यस्तै हाल अमेरिका बस्दै आउनुभएकी २५ वर्षीया श्रेया दलीका बुबा सन्तोष दली र आमा सविता दलीले छोरीको जन्मदिनको अवसरमा मामाघर नेपाललाई चामल १ बोरा, दाल २ किलो, अण्डा २ क्रेट र कुखुराको मासु अढाई केजी सहयोग स्वरुप उपलब्ध गराउनु भएको मामाघर नेपालले जनाएको छ ।
यसअघि हिजो मंगलबार हेटौंडा–५ निवासी दीपा तिमल्सिनाले आफ्नो २५ औं जन्मोत्सवको अवसरमा मामाघर नेपालको भाञ्जाहरुको साथमा केक काटेर जन्मदिन मनाउँदै मामाघर नेपाललाई १ बोरा चामल, ३ किलोग्राम दाल, १ कार्टुन चाउचाउ, ६ प्याकेट विस्कुट सहयोग गर्नु भएको थियो । त्यस्तै मामाघर नेपाललाई माता देवकी सापकोटाको १३ औं दिनको पूण्यतिथिमा समुदायबाट प्राप्त १२ प्याकेट आँटा, चिनी २० किलोग्राम, स्याउ १० किलो सहयोग गरिएको छ । छोराहरु विदुर सापकोटा र रोशन सापकोटाले मामाघर नेपाललाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको मामाघर नेपालको संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभएको छ ।
मामाघर नेपालमा अहिले १८ जना बालकहरु संरक्षित छन् । दैनिक रुपमा प्राप्त हुने यस्तै सहयोग नै मामाघर नेपाल नियमित सञ्चालन हुने प्रमुख स्रोत हुन् । १० वर्षदेखि सञ्चालित मामाघर नेपालको अहिले आफ्नै बालमैत्री भवन छ ।