Home कला चरी

चरी

रचना भण्डारी कृष्ण आदर्श बोर्डिङ स्कूल, हेटौंडा–९, मकवानपुर

हरेक वस्तुहरु प्रकृतिसँग जोडिएका हुन्छन् । प्रकृतिसँग रमाउने गर्छन् । प्रकृतिसँग रमाउने सबैभन्दा नजिक पन्छीको रुपमा चरा रहेको देखिन्छ । उसको उडेर एक स्थानबाट अर्को स्थानमा आउने जाने क्रमले उ प्रकृतिसँग भिज्न सकेको छ ।
यसै सन्दर्भमा रचना भण्डारी लेख्नुहुन्छ ।

आयो चरी उडेर गगनैमा
सुन्दर दृश्य लिएर जिवनैमा
भ्रमण गरी सारा संसारैको
खुसी बाँड्दै हिँड्छ नि मनैमा
चञ्चलताले भरिपूर्ण भई
माया लिएर उड्ने मनैमा
मित्रता त हरेक सँग नै गरी
उडी हिँड्ने है आकाशैमा
यसरी नै हामी पनि उड्न पाए
धर्तीको कुना डुल्न पाए
शान्त यो मन हुन्थ्यो होला नि
चरी बनी भर्रर उड्न पाए

Exit mobile version