हेटौंडाः हेटौंडामा तरकारीको मुल्य उकालो लाग्दै गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० टिसियन रोड स्थित थोक तरकारी बजारमा आज धनीयाँ, बन्दा र खुर्सानीको मुल्य बढेको छ ।

थोक तरकारी बजारमा धनीयाँको मुल्यमा प्रति किलो ४० रुपैयाँले वृद्धि भएको छ । हिजो प्रति किलो १ सय रुपैयाँमा विक्रि भएको धनीयाँ आज ४० रुपैयाँ वृद्धि भएर प्रति किलो १ सय ४० रुपैयाँमा विक्रि भएको हो ।

त्यस्तै पिरो खुर्सानीको मुल्यमा पनि आज ३० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रति किलो १ सय १० मा विक्रि भएको खुर्सानी आज १ सय ४० रुपैयाँमा विक्रि भएको हो । आज बन्दाको मुल्य पनि बढेको छ ।

हिजो प्रति किलो ६० रुपैयाँमा विक्रि भएको बन्दा आज १० रुपैयाँ बढेर प्रति किलो ७० रुपैयाँ पुगेको हो । यसरी थोक तरकारी मुल्यमा बढ्दा उपभोक्ताले खरिद गर्ने तरकारीको मुल्य पनि बढ्ने गर्दछ ।

तरकारी बजारमा आज गोलभेडा र लौकाको मुल्य भने घटेको छ । तरकारी बजारमा हिजो प्रति किलो १ सय रुपैयाँमा विक्रि भएको गोलभेडा आज १० रुपैयाँ घटेर प्रति किलो ९० रुपैयाँमा विक्रि भएको हो ।

त्यस्तै लौकाको मुल्य पनि १० रुपैयाँ घटेर ६० रुपैयाँमा विक्रि भएको छ । तरकारी बजारमा अन्य तरकारीको मुल्य भने यथावत रहेको तरकारी व्यवसायी बिनोद साहले जानकारी दिनुभयो ।