विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै प्रधानाध्यापक लिला तितुङ ।

हेटौँडा : छोराछोरी नेपाल संस्थाले राक्सिराङ गाउँपालिका–३, पलाँसेस्थित सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

संस्थाले आइतबार विद्यालयमा अध्ययनरत ७० जना गरिब, विपन्न, असहाय तथा सीमान्तकृत विद्यार्थीलाई स्कुल ब्याग, पानी खाने बोतल र विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरेको विद्यालयकी प्रधानाध्यापक लिला तितुङले जानकारी दिनुभयो । विद्यालयमा ६ सय जना विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुने क्रम अझै जारी रहेको प्रधानाध्यापक तितुङले जानकारी दिनुभएको छ ।