हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लको रत्ननगर नगरपालिका–३, शान्ति चोकमा बसले रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा झापाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश नं. १–१०–००१ ख ३९०१ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको तरकारी बोकेको
रिक्सालाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा रिक्सा चालक पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका–१ बस्ने ४३ वर्षीय किसुन महतोको मृत्यु भएको हो । उपचारको क्रममा बिहान ५ बजेर ५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










