राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा एपीएफ क्लबका व्याटर आशिफ शेख

हेटौँडा : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा एपीएफ क्लबका व्याटर आशिफ शेखले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ कीर्तिमानी बनाएका छन् । सोमबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको मधेश प्रदेश विरुद्धको खेलमा आशिफले सानदार दोहोरो शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका हुन् ।

योसँगै आशिफ शेख प्रधानमन्त्री कपको इतिहासमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनले मधेश प्रदेश विरुद्ध १३७ बलमा आफ्नो दोहोरो शतक पूरा गरेका हुन् ।