हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत २० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ८ जना तथा लागूऔषध सेवन गर्ने १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
नियन्त्रणमा परेकामध्ये केही व्यक्ति नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न रहेका छन् भने केही लागूऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । साथै, मदिरा भट्टी सञ्चालन तथा त्यहाँ काम गर्ने व्यक्तिहरू र चोरी मुद्दाका एक फरार प्रतिवादी समेत पक्राउ परेको जानकारी दिइएको छ । नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ का निराजन प्रसाद दिक्षा थारु, पर्साको पटेर्वा सुगौली नगरपालिका–३ का रामधार महतो थारु, २० वर्षीय मिर्गन चौधरी, रोशन हजार दास, मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का बिरेन चेपाङ, १९ वर्षीय आशिष प्रजा, १२ वर्षीय एक किशोर, वर्ष १९ का हेटौँडा–३, बसामाडीका सौरभ मगरलाई पक्राउ गरेको छ । यस्तै लागूऔषध सेवन गर्ने मकवानपुरगढी गाउँपालिका–५, का प्रदिप भोलन, २० वर्षीय अमृत स्याङतान, ३५ वर्षीय गणेश पण्डित, हेटौँडा–११ का सिमन भुजेल, हेटौँडा–४ का ३२ वर्षीय रोहित तामाङ, ३० वर्षीय विके तामाङ, हेटौँडा–१० का ३७ वर्षीय बिक्रम तामाङलाई पक्राउ गरेको छ ।
चोरीको मुद्दामा फरार रहेका हेटौँडा–१ का बिजय तामाङ, मदिरा भट्टी सञ्चालन गर्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–५ घर भई हाल हेटौँडा–१६ बस्दै आएका ६७ वर्षीय भिमान सिंह तामाङ, सोही भट्टीमा काम गर्ने १९ वर्षीय लिला बहादुर तामाङ र मकवानपुरको बकैया गाउँपालिका–४, हात्तिसुडेका २२ वर्षीय शिवराज ठकुरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । सबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











