हेटौँडा : जारी पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ मा आज दुई वटा खेल भइरहेका छन् ।
वीरगन्जको नारायणी रंगशालामा त्रिभुवन आर्मी क्लबले व्याटिङ गरिरहेको छ । आर्मी क्लबले कर्णाली प्रदेश विरूद्ध टस जितेर व्याटिङ रोजेको छ । यस्तै जनकपुरको रामजानकी क्रिकेट मैदानमा नेपाल एपीएफ क्लबले टस हारेर व्याटिङ गरिरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जितेर बलिङ रोजेको छ ।











