सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : जिल्ला प्रहरी कार्यालयले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएकोमा फरार रहेका हेटौंडा–११ का क्षितिज सापकोटा र बागमती गाँउपालिका–७ का अमर स्वराली मगरलाई शुक्रबार पक्राउ गरेको हो ।

सापकोटालाई ५ वटा चेक अनादर र मगरलाई बैंकिङ कसुर वापत जिल्ला अदालतले सजायको फैसला गरेकोमा फरार रहेका थिए । फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।