उत्कृष्ट प्रहरीको रुपमा सम्मानित हुँदै खड्का ।

हेटौँडा : फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी सहायक निरीक्षक भरतकुमार खड्का घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार खड्कालाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मान गरेको हो ।

खड्का प्रहरी चौकी भैँसेमा कार्यरत हुनुहुन्छ । उहाँबाट सम्पादित कार्य मूल्याङ्कन गर्दै महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९ बमोजिम यो सम्मान प्रदान गरिएको हो । खड्काले फागुन महिनामा ठूलो मात्रामा लागूऔषध समात्नुका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्त, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।