आँखा अस्पताललाई म्याट्रेस सहयोग गर्दैको तस्वीर ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ६० थान म्याट्रेस सहयोग गरेको छ । रोटरी इन्टरनेशनलको १२१ औँ वार्षिकोत्सवको अवसरमा आइतबार अस्पताललाई म्याट्रेस हस्तान्तरण गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

स्थानीय समुदायको स्वास्थ्य सेवालाई थप सहज बनाउने र क्लबले विगत ३० वर्षदेखि सञ्चालन गर्दै आएको निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दु अप्रेसन शिविरलाई सहयोग पु¥याउने उद्देश्यले म्याट्रेस प्रदान गरिएको अध्यक्ष प्रधानले बताउनुभयो । सहयोग ग्रहण गर्दै अस्पतालका प्रमुख डा. सुनिल थकालीले यसबाट बिरामीहरुको सेवामा थप सुधार आउने बताउनुभयो । अस्पतालमा दैनिक रुपमा आउने बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै यस्ता सहयोग अत्यन्त उपयोगी हुनेको उहाँको भनाइ छ ।