विजय र सूवर्णको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोइन ।

हेटौँडा : हेटौँडा–१९, बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ११ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले होटलको कोठामा शंकास्पद अवस्थामा बसेका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले मनहरी गाउँपालिका–३ का २४ वर्षीय विजय मोक्तान र हेटौँडा–१२ का २४ वर्षीय सुवर्ण घलानलाई २ सय २० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ । लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।