हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बङकिङस्थित भित्री सडकखण्डमा बोलेरो जीप ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ८ बजेको समयमा लापुरबाट मनहरी बजारतर्फ आउँदै गरेको ना ४ च ४२७३ नम्बरको प्लाई÷रड लोड गरेको बोलेरो गाडी ब्रेक फेल भई सडकबाट ४० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा बोलेरो चालक राक्सिराङ–५ का २४ वर्षीय संजोक प्रजा र सोही गाडीमा सवार ३४ वर्षीय सोमबहादुर प्रजा मध्यम घाइते भएका छन् । घाइते दुवै जनाको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।










