हेटौँडा : हेटौँडा–४, स्कूलरोडमा प्राइम एजुकेशन इन्फरमेसन सेन्टर प्रालि खुलेको छ । सोमबार सेन्टरका सञ्चालकका अभिभावकले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
विगत २४ वर्षदेखि काठमाडौंको कमलादीमा सञ्चालित प्राइम एजुकेशनको शाखा हेटौँडामा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । प्राइम एजुकेशनमा पीटीए, आइइएलटीएससम्बन्धी कक्षा सञ्चालन गर्नुका साथै युरोप र एसियाका विभिन्न देशमा अध्ययनका लागि जाने प्रक्रियामा सहजीकरण गरिने सञ्चालक अमन गुरुङले जानकारी दिनुभयो । प्राइम एजुकेशनको चितवन, पोखरा, इटहरीमा पनि शाखा छन् । प्राइम एजुकेशनको सञ्चालकमा अमनसहित सागर पुरी, ज्यानकाजी श्रेष्ठ र फिरोज खान रहनुभएको छ ।











