हेटौँडा : नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुरले हेटौँडा अस्पताललाई ईन्जेक्सन हस्तान्तरण गरेको छ । मंगलबार प्रतिष्ठानले बाथ, मुटुरोगीहरुले प्रत्येक २१ दिनमा लगाउनुपर्ने पेनिडुरा (पेनसिलिन) ईन्जेक्सन हस्तान्तरण गरेको प्रतिष्ठानका आजिवन सदस्य लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
ईन्जेक्सन डाइरेक्टर डा. रामचन्द्र सापकोटा र डा. हरि बहादुर खड्कालाई हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजयकुमार वैद्य, सानुकाजी पाण्डे, त्रिलोकमोहन थिके, आशा ढकाल, लक्ष्मण पौडेल र उदय भट्टराईले हस्तान्तरण गर्नुभएको हो । अस्पतालले माग गरे बमोजिमको रेहुजा नाम इन्जेक्सन २ सय माइल्ड हस्तान्तरण गरिएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको समन्वयमा हस्तान्तरण गरिएको हो ।











