हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडास्तरीय नेपाली हिज्जे प्रतियोगितामा ब्रह्मदिक एकेडेमी प्रथम भएको छ । ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा नवोदय शिशु सदनको सहव्यवस्थापनमा मंगलबार प्रतियोगिता भएको हो ।
प्रतियोगितामा ब्रह्मदिक एकेडेमीका सदीक्षा घलान, स्पन्दन अधिकारी र विजयभूषण दहालको समूह प्रथम भएको छ । नवोदय शिशु सदनका आर्शिया बर्तौला, अमिषा महतो र आशी बानियाँको समूह द्वितीय भएको प्रतियोगितामा सत्यम् जेभियर्स सजिता केसी, सविस्ना श्रेष्ठ र कन्चन लामाको समूह तृतीय भएको कार्यक्रम संयोजक उपेन्द्र राना मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४ नम्बर वडाभित्रका आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालयसमेत ६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिकाका प्रधानाध्यापक श्यामकुमार बानियाँ र नवोदय शिशु सदनका शिक्षक सिएम रिमाल निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।
शैक्षिक गुणस्तर सुधार समितिले पुस १० गतेदेखि फागुन ७ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गरी तेस्रो वडा खेलकुद महोत्सव मनाउँदैछ । प्रतियोगिताका विजेताहरुलाई फागुन ७ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । नवोदय माविका शिक्षक एवम् प्रतियोगिता संयोजक उपेन्द्र राना मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ४ की वडा सदस्य गीता त्रिपाठी र शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको आतिथ्य थियो ।











