हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) बिहीबार सम्पन्न भएको छ । स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा स्वर्ण महोत्सव सम्पन्न भएको हो ।
विद्यालयले स्वर्ण महोत्सवको अवसरमा माघ ४ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । यस अवसरमा विद्यालयले स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र विद्यालय गायन सार्वजनिक गरेको छ ।
बिहीबार आयोजिक समापन कार्यक्रममा स्वर्ण महोत्सवको अवसरमा आयोजिक खेलकूदका विजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै सम्मान कार्यक्रम गरिएको हो । महोत्सव अवधिभर विद्यालय प्राङ्गणमा विद्यार्थीहरुले र शैक्षिक प्रदर्शनी र खाना महोत्सव आयोजना गरेका थिए । ‘सिद्धार्थको अगामी दशक, प्रविधिमैत्री दक्ष शिक्षक’ नारासहित विद्यालयले स्वर्ण महोत्सव मनाएको हो ।











