हेटौँडा : हेटौँडा–५ स्थित जीएस निकेतनमा स्काउट ट्रुपको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक इश्वरप्रसाद लामिछानेको अध्यक्षता तथा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह भएको हो ।
कार्यक्रममा वडा सदस्य रन्जिता सिलवाल, सहकारीका उपाध्यक्ष राजेश घिमिरे, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँको पनि आतिथ्य रहेको थियो । स्काउटका ५१ जना विद्यार्थी दीक्षित भएका विद्यालयका प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका स्काउट प्रशिक्षक अशोक सारु मगरले स्काउटको उद्देश्य र महत्वबारे चर्चा गर्नु भएको थियो ।











