रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । शनिबार मारवाडी युवा दिवसको अवसरमा हेटौँडा–४, हुप्रचौरमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यसअघि शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना भएको थियो। कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए। नियमित रक्तदान कार्यक्रम भइरहेकाले मकवानपुरमा स्वास्थ्य उपचारका लागि आवश्यक रगतको अभाव नभएको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ।