हेटौँडा : लागूऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएका भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान र मनहरी गाउँपालिका–९ का सुर्गाबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर प्रहरीले भीम र सुर्गाबहादुरलाई बुधबार पक्राउ गरेको हो । लागूऔषध गाँजासम्बन्धी मुद्दामा भीमलाई ९ महिना १३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको थियो भने सुर्गाबहादुरलाई १ वर्ष १ महिना ११ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको थियो । पक्राउ परेका दुबैजनालाई प्रहरीले मकवानपुर जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।










