हेटौँडा : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-९, मास्टरचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
शनिबार राती ११ बजेको समयमा जनकपुरबाट काठमाणडौंतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा रुपन्देही जिल्लाको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले बस चालक महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई पक्राउ गरेको छ।










